फिफा विश्वकपको ड्र सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फिफा विश्वकपको ड्र सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०८२, शनिबार

    काठमाडौँ, २० मंसिर । सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा शुक्रबार राति सम्पन्न विश्वकपको समूह चरणको ड्र मा ४८ देशलाई १२ समूहमा विभाजन गरिएको छ ।

    अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

    प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’ मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’ मा सेनेगल पनि परेको छ ।

    साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा राखिएको छ । ब्राजिलले समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ ।

    आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।