थानीमाइमा अन्तिम मङ्गलबार ४१ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाइमा अन्तिम मङ्गलबार ४१ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०८२, मंगलवार

    दमौली, २३ मंसिर । भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मङ्गलबार ४१ फूलकाे डाेली भित्रिएकाे छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले आज पाँच हजार चार सय आठ भक्तजनले मन्दिरमा पूजाआजा गरेको जानकारी दिए सोमबार राति मन्दिरमा एक सय ७१ भक्तजनले जागाराम बसेर बत्ती बालेका थिए ।

    थापाका अनुसार आज तनहुँ, लमजुङ, चितवन, गोरखा, कास्कीबाट भक्तजन फूलको डोली लिएर आएका थिए ।

    प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।