गुरुङले गराए विकास निर्माण तथा जनसवालका विषयमा मन्त्री कुलमानको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुरुङले गराए विकास निर्माण तथा जनसवालका विषयमा मन्त्री कुलमानको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८२, बिहीबार

    दमौली, २५ मंसिर । युवा नेता मनराज गुरुङले तनहुँका विकास निर्माण र जनसवालका विषयमा भौतिक पूर्वाधार तथा यातायात, उर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् ।

    गुरुङले क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र व्यास ‘नगरपालिकाका वडा नम्बर ५ र ६ का विभिन्न क्षेत्रको जनसरोकारका विषयमा घिसिङको ध्यानाकर्षण गराएका हुन् ।

    १) यस क्षेत्र अन्तर्गत रहेको सेती गण्डकी नदीमा १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणधिन रहेको अवगत नै छ । नेपालको संविधानले जलविद्युत परियोजनाबाट प्रभावित स्थानिय समुदायलाई स्थानिय शेयरमा लगानी गर्न पाउने अधिकार प्रदान गरेबमोजिम नियमानुसार जम्मा लागतको १०% प्रतिशत स्थानिय शेयर क्षेत्र नम्बर २ अन्तर्गतका सम्पूर्ण घरधुरी समावेश हुने गरेर स्थानिय शेयर वितरणको माग गर्दछु । त्यसपछि साधरण सेयर निष्कासन गर्दा तनहुँ जिल्लालाई विशेष प्राथमिकतामा राखियोस् ।

    २) पृथ्वी राजमार्गको पश्चिम खण्ड निर्माणकार्य लक्ष अनुसारको प्रगती नभएको हुँदा स्थलगत अनुगमन गरी समयमै कार्य सम्पन्नको लागी निर्माण पक्षलाई निर्देशन गनुपर्ने ।

    ३) तनहुँ – २ को भूगोल र जनघनत्वलाई आधार मानेर इलाका प्रशासन कार्यालय र मालपोत . कार्यालय स्थापना गर्नुपर्ने ।

    ४) जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारतीय सरकारको सहयोगमा एक हजार शैय्याको बनाइ चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए अनुसार यथाशिघ्र प्रक्रिया अगाडि बढाउन पहल गर्नुपर्ने ।

    ५) खैरेनीटारमा रहेको नेपाली सेनाले व्यारेकको जग्गा वाहेक भोगचलन गर्दै आइरहेको ग्रामिण प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको झण्डै ८० रोपनी जग्गामा सेनाको स्वामित्व हटाइ कृषी अनुसन्धान केन्द्र पुर्नस्थापना गर्नुपर्ने ।

    ६) तनहुँ क्षेत्र नम्बर २ को शान्ती सुरक्षा हेर्ने इलाका प्रहरी कार्यलय बेलचौतरामा प्रहरी नायव उपरिक्षक (डिएसपी) को दरबन्दी कायम गरी सो अनुसारको स्रोत र जनशक्ति थप गर्नुपर्ने ।

    ७) श्रृंग मोटर मार्ग (भिमाददेखी घिरिङ देउराली खण्ड) मा निर्माण व्यवसायीबाट भइरहेको कानुनी झमेला सल्टाइ नियमानुसार निर्माण सम्झौता रद्द गरी शिघ्र निर्माण गर्नलाई नयाँ ढंगले निकास खोज्नुपर्ने।

    ८) दुलगौंडा-हर्कपुर (शुक्लागण्डकीदेखी म्याग्दे जोड्ने) मोटरमार्गमा पनि निर्माण व्यवसायीबाट भएको वेवास्ताका कारण निर्माण कार्यमा ढिलाइ भएको हुँदा नियमानुसार निर्माण सम्झौता रद्द वा शिघ्र सडक निर्माणको कार्य अगाडी बढाउन सहजीकरण गरिदिनुपर्ने ।

    ९) तनहुँ-२ क्षेत्रका तपशिलको मोटरमार्गको स्तरोन्नतीको लागि आवश्यक बजेट विनियोजन गर्नका लागि सविनय अनुरोध गर्दछु ।

    क) झापुटार काहुँशिवपुर हुँदै ऋषिङ मोटर मार्ग (ऋषिङ गाउँपालिका)

    ख) कृष्ण मोटर मार्ग – घिरिङ देउराली, मानपुर हुँदै केलादीसम्म (घिरिङ गाउँपालिका)

    ग) ढोरवराही मोटर मार्ग-दुलेगौंडा, साँखे, थुम्कीडाँडा (शुक्लागण्डकी नगरपालिका)

    ‘घ) भिमकाली मोटर मार्ग भिमाददेखी डुम्रेवेसी (भिमाद नगरपालिका)

    ङ) भिमाद- भिमगुफा हुँदै डुम्रेबेंसी मोटरमार्ग (भिमाद नगरपालिका)

    च) लालध्वज मोटर मार्ग कोत्रेदेखि थप्रेक (शुक्लागण्डकी नगरपालिका)

    छ) मानुङकोट – किल्चोक छाङ माटरमार्ग (म्याग्दे गाउँपालीका

    ज) दुलेगौंडा-लामागाउँ मोटरमार्ग (शुक्लागण्डकी नगरपालिका)

    झ) मादी नदी नियन्त्रण (व्यास नगरपालिका)