आँबुखैरेनीबाट लागुऔषध सहित बागलुङका तिलक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट लागुऔषध सहित बागलुङका तिलक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८२, शुक्रबार

    दमौली, २६ मंसिर । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङकाे जैमनी नगरपालिका-५ बस्ने २२ वर्षीय तिलक शर्मा रहेकाे प्रहरीले जनाएकाे छ ।

    मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा शंकास्पद मानिसहरुलाई जाँच गर्ने क्रममा काठमाबाट बाग्लुङ तर्फ आउदै गरेको बा. प्र. ०३-००१ ख २८६४ नम्बरकाे यात्रुवाहक बसमा उनलाई लागुऔषध सहित पक्राउ गरेकाे हाे ।

    निजकाे साथबाट ९२ थान लागुऔषध बरामद भएकाे छ ।