मौरीओडारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मौरीओडारमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८२, आईतवार

    दमौली, २८ मंसिर । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आइतबार बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको गण्डकी एएबि ०१८६ नम्बरको स्कुटर ठोक्किदा गम्भीर घाइते थापाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । बस चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–५ घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५१ वर्षीय चुडामणि शर्मा पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।