


दमौली, ५ पुस । तनहुँ कारागारबाट फरार भएका तीन जना कैदीबन्दी शुक्रबार पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फरार भएका विभिन्न मुद्धाका तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनालाई नै तनहुँ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ पर्नेमा भिमाद नगरपालिका–६ शान्तिनगर बस्ने ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१ नाहाला बस्ने ६० वर्षीय बमबहादुर कुवंर र आँबुखैरेनी गाउँपालिका–६ पुर्लुङ बस्ने ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेका छन् । पक्राउ परेका तीन जना नै जबरजस्ती करणी मुद्धाका कैदीबन्दी हुन् ।
यस्तै प्रहरीले बिहीबार गोरखाको पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियारलाई समेत पक्राउ गरेको थियो । निज नकबजनी मुद्धामा सजाय काटिरहेका थिए ।
