बसमा लागुऔषध, पोखरामा पक्राउ परे लामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बसमा लागुऔषध, पोखरामा पक्राउ परे लामा

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०८२, शनिबार

    दमौली, ५ पुस । ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारमा सवारी साधन जॉच गर्ने क्रममा लागुऔषध मगाएको अभियोगमा कास्कीबाट एक जना पक्राउ परेका छन् ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकीङ टोलीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउदै गरेको ग २ ख २२८० नम्बरको ईभी माईक्रो बसलाई रोकी जॉच गर्ने क्रममा ड्यासबोर्डमा फेन्सी झोला भित्र र्‍यापिङ टेपले र्‍याप गरी राखेको सानो कार्टुन भित्र ५ सय थान लागू औषध फेला परेको थियो ।

    अनुसन्धान पश्चात तनहुँ प्रहरीले कास्की पोखरा महानगरपालिका-९ बर्ष २९ वर्षीय सागर लामालाई पृथ्वीचोकबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।