रास्वपा र बालेन साहबीच सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपा र बालेन साहबीच सहमति

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८२, आईतवार

    काठमाडौ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ। 

    शनिबार साँझ देखि बसेको दुई पक्षबीचको म्याराथन बैठकपछि राती ४ बजे सहमतिमा हस्ताक्षर भएको हो। सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन साहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् । 

    सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्ल्ख छैन। तर बालेन साहका तर्फबाट केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा आद्यावधिक गर्ने समझदारी दुई पक्षबीच भएको छ। बृहत एकता पश्चात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियन्ता एवं अनुभवी विज्ञलाई समायोजन गर्ने उल्लेख छ । साथै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने जनाइएको छ।