कुलमान अब रास्वपामा उपसभापति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कुलमान अब रास्वपामा उपसभापति

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०८२, सोमबार

    काठमाडौँ, १४ पुस । ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा उपसभापति बन्ने भएका छन् । सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र शाह र घिसिङबीच भएको वार्तामा तीनै जना एकठाउँमा हुने सहमति भएको छ ।

    घिसिङले सोमबार नै निर्वाचन आयोगमा बुझाइने समानुपातिक सूचीमा करिब १७ प्रतिशत हिस्सा पाउनेछन् । त्यसअनुसार कुलमान पक्षबाट कम्तीमा १८ जनाको नाम रास्वपाबाट बुझाउने समानुपातिक सूचीमा थपिनेछ ।

    यसअघि उनलाई रास्वपाले १० प्रतिशत दिने प्रस्ताव गरेको थियो । तर, उनले ३० प्रतिशत चाहिने अडान राख्दै आएका थिए । यसअघि बालेन्द्र पक्ष र रास्वपाले आन्तरिक निर्वाचनमार्फत छानेका नाम समेटेर निर्वाचन आयोगमा सूची बुझाउने तयारी थियो ।