तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सह–कोषाध्यक्ष पदमा राजेन मिया मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सह–कोषाध्यक्ष पदमा राजेन मिया मनोनित

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८२, शुक्रबार

    दमौली, ९ माघ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सहकोषाध्यक्ष पदमा राजेन मिया मनोनित भएका छन्। इकाईको शुक्रबार बसेको बैठकले मियॉलाई सहकोषाध्यक्षमा मनोनित गरेको हो ।

    इकाई अधिवेशनमा उनले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए । पछि सहमतिका लागि उम्मेदवारी फिर्ता लिएका उनलाई सहकोषाध्यक्ष बनाइएको हो ।

    नवनियुक्त सह–कोषाध्यक्ष मियाले संघको विधानअनुसार आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।