


दमौली, १० माघ । नेपाली कम्युनिष्ट पार्टी तनहुँले तनहुँ-१ का उम्मेदवार विद्यानाथ ढकाल जिताउन रामचन्द्र सापकोटाको नेतृत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
यस्तै वाइसिएल तनहुँका अध्यक्ष केहरसिंह आलेको नेतृत्वमा युवा परिचालन समिति गठन गरिएको छ ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित बैठकले गोपाल सुर्खाली संयोजक र गजेन्द्रराज पन्थ सह संयोजक रहने गरि एकता प्रक्रियाका सवै घटकहरुको समायोजन सम्पन्न गरेको छ ।