राष्ट्रियसभा सदस्यमा गण्डकीबाट गणेश र सम्झना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राष्ट्रियसभा सदस्यमा गण्डकीबाट गणेश र सम्झना विजयी

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८२, आईतवार

    पोखरा, ११ माघ । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन् ।

    आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भए ।

    ६०६९ मतभारमध्ये जगतले ५ हजार ३३ मतभार र सम्झनाले ५ हजार १४ मत पाए । निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो ।

    नेपाली कम्युनिस्ट पार्टीबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बरालले उम्मेदवारी दिएका थिए ।