च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०८२, बिहीबार

    काठमाडौँ, १५ माघ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत नेपाली समयअनुसार बिहीबार सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै कोपेनहेगनलाई ४–१ ले पराजित गरेको छ । सुरुवातमै गोल खाएर पछि परेको बार्सिलोनाले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

    खेलको चौथो मिनेटमै कोपेनहेगनका भिक्टर डादासनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बराबरी गोल गर्न नसकेको बार्सिलोना दोस्रो हाफमा भने पूर्ण रूपमा रूपान्तरित देखियो ।

    ४८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि ६०औँ मिनेटमा युवा स्टार लामिन यामालले शानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६९औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझ फराकिलो बनाए भने ८५औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

    यस जितसँगै बार्सिलोनाले ८ खेलबाट १६ अंक जोडेको छ ।