


दमाैली, २० माघ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आँबुखैरेनी क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
निर्वाचन प्रचारका क्रममा डा. वाग्लेले आँबुखैरेनी पुलजीप, बेनीटार, आँबुखैरेनी बजार, आँबुखैरेनी गाउँपालिका आसपासका बस्ती हुँदै ढकालटार र भाँगे गाउँसम्म पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।
घरदैलो अभियानका क्रममा उनले स्थानीयको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै आफ्ना राजनीतिक एजेन्डा र भावी योजनाबारे मतदातालाई अवगत गराएका थिए । डा. वाग्लेले सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्वमार्फत तनहुँ–१ को विकास र परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

