


दमौली, २४ माघ । युथ कांग्रेस तनहुँको संयोजकमा सुनिल तिमिल्सिना मनोनित भएका छन् ।
युथ कांग्रेस केन्द्रीय समितिले तिमिल्सिनालाई तनहुँ जिल्लाको संयोजकको जिम्मेवारी प्रदान गरेको हो । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवालाई संगठित गर्ने अपेक्षासहित उनलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ ।
युथ कांग्रेसका पूर्व केन्द्रीय महामन्त्री राजेश कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले तिमल्सिनालाई संयोजक तोकेको छ । युथ कांग्रेस नेपाल पार्टी भित्र खराब प्रवृत्तिलाई खबरदारी गर्दै प्रतिकूल परिस्थितिलाई अनुकूल वातावरणमा लैजाने एक अवल सिर्जनशील युवाहरुको संगठन हो ।