


दमौली, २६ माघ । बन्दीपुर केबलकार एक दिन बन्द हुने भएको छ । केबलकार सेवा दीर्घकालीन सुरक्षा, गुणस्तर र विश्वसनीयता कायम राख्ने उद्धेश्यले गरिने नियमित मासिक मर्मत–सम्भारका कारण एक दिनका लागि बन्द रहने भएको हो ।
केबलकार व्यवस्थापनले दिएको जानकारी अनुसार भोलि मंगलबार बन्दीपुर केबलकार सेवा पूर्ण रूपमा बन्द रहनेछ।
उक्त अवधिमा बन्दीपुरका अन्य सम्पूर्ण पर्यटकीय सेवा भने नियमित रूपमा सञ्चालनमा रहने जनाइएको छ।