एमाले तनहुँ–२ का उम्मेदवार सिग्देलले डिजिटल्ली सार्वजनिक गरे चुनावी प्रतिवद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ–२ का उम्मेदवार सिग्देलले डिजिटल्ली सार्वजनिक गरे चुनावी प्रतिवद्धता

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०८२, मंगलवार

    दमाैली, १२ फागुन । फागुन २१ हुने निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेबाट तनहुँ–२ का उम्मेदवार केदार सिग्देलले डिजिटल माध्यमबाट चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । अभियानलाई प्रविधिमैत्री बनाउँदैउनले चुनावलाई प्रविधिमैत्री बनाएका हुन् । सार्वजनिक गरिएको क्युआर कोडमार्फत सबै ठाउँबाट सहज रुपमा पढ्न सकिन्छ ।

    प्रतिवद्धता पत्रमा सिग्देलले आफ्नो संक्षिप्त जीवन यात्रासँगै २०७४ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुदा गरेका काम र आगामी योजनाबारे उल्लेख गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सिग्देलले तनहुँ २ मा पर्ने पालिकामा खानेपानी, सिचाई, पूर्वाधार, सामाजिक क्षेत्रमा आफ्नो नेतृत्व र समन्वयमा भएको विषय समावेश छ । भिमाद–१ मा जन्मिएका सिग्देलले २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनितिमा होमिएका थिए । ६२ वर्षिय सिग्देल स्वच्छ आर्थिक छवि र उच्च नैतिक चरित्रका रुपमा परिचित छन् ।