


मुस्ताङ, ११ वैशाख । मुस्ताङकाे लोमान्थाङ गा.पा.४ कोरोला बोर्डर नजिक जोमसोम कोरोला सडक खण्डमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
जोमसोमबाट बोर्डरतर्फ जाँदै गरेको ग ३ च २२५५ नं.को हाईलक्स गाडी चालकले नियन्त्रणमा गुमाई दुर्घट्ना हुँदा चालक घाइते भएका हुन् । जीमा सवार पाँच जनामध्ये काठमाण्डौ तार्केश्वर न.पा.३ बस्ने वर्ष ३२ को नागमिन सुब्बाको टाउको र अनुहारमा चोट लागि घाईते भई उपचारको लागि प्रदेश अस्पताल जोमसोम पठाईएको प्रहरीले जनाएकाे छ।