श्रमिक दिवसमा ३३ जनालाई खाजा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    श्रमिक दिवसमा ३३ जनालाई खाजा सहयोग

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८३, शुक्रबार

    दमौली, १८ वैशाख । शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सामाजिक अभियन्ता राजेश पाण्डेको नेतृत्वमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ३३ जना श्रमिकलाई खाजा सहयोग गरिएको छ।

    “दया, माया र सेवा नै साँचो धर्म हो” भन्ने गौतम बुद्धको सन्देशलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममार्फत समाज निर्माणका आधार स्तम्भ मानिएका श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्मान गरिएको पाण्डेले बताए ।

    कार्यक्रममा दैनिक श्रम गरेर जीवनयापन गरिरहेका श्रमिकहरूलाई भोजन उपलब्ध गराउँदै उनीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरिएको थियो।

    उक्त कार्यक्रम सफल बनाउन सञ्जोग सुनार, पद्मराज भुसाल, अमृत विश्वकर्मा, विवेक बस्याल र राजेश पाण्डेले सहकार्य गरेका थिए।