मोटरसाइकल दुर्घटनापछि चालकको साथबाट ट्रामाडोल फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मोटरसाइकल दुर्घटनापछि चालकको साथबाट ट्रामाडोल फेला

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वी राजमार्ग सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको साथबाट लागुऔषधजन्य औषधि ट्रामाडोल फेला परेको छ।

    साेमबार करिब ११ बजे आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा ६२ प ७१०६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक गोरखा नगरपालिका–१३ तीनकिलो निवासी २५ वर्षीय अर्जुन आले सकुशल रहेका छन्। उनलाई कुनै चोटपटक नलागेको र अस्पताल लैजानु नपर्ने प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार चालकले लागुऔषध सेवन गरेको आशंकामा चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल १९ क्याप्सुल फेला परेको हो।

    मोटरसाइकल र चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँमा राखिएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।