वालेन्द्रको अभिव्यक्तिले राष्ट्रिय आत्मसम्मानमा चोट पुग्यो : तरुण दल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वालेन्द्रको अभिव्यक्तिले राष्ट्रिय आत्मसम्मानमा चोट पुग्यो : तरुण दल

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८३, आईतवार

    काठमाडौ, १७ जेठ । नेपाल तरुण दलले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष मनिष कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको संसद प्रस्तुतिलाई कमजोर र अप्रत्याशित भन्दै आलोचना गरिएको छ ।

    आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आकस्मिक रूपमा सञ्चालन गरिएको थियो । तर, उक्त कार्यक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले आमनागरिकलाई आश्चर्यचकित बनाएको तरुण दलको भनाइ छ ।

    तरुण दलले विशेषगरी प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।  संगठनले यस्तो टिप्पणीलाई अपरिपक्व र अवाञ्छित भन्दै राष्ट्रिय आत्मसम्मानमा चोट पुग्ने खालको भएको उल्लेख गरेको छ ।

    तरुण दलले राष्ट्रियताजस्तो संवेदनशील विषय तथा नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्धित मुद्दामा सरकार तथ्यपरक, परिपक्व र रचनात्मक ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ ।

    साथै, नेपाल तरुण दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको सकारात्मक पहिचान निर्माणका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी तथा आमनागरिकलाई एकताबद्ध हुन आह्वान गरेको छ ।