


दमौली, २४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको अधिवेशनमार्फत् बास्तोला सभापतिमा निर्वाचित भएका हुन् ।
बास्तोलाले एक सय ८७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु दाहालले जानकारी दिए । प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेले ६४ मत प्राप्त गरे छ ।
यस्तै उपसभापतिमा विष्णुबहादुर पन्त विजयी भएका छन् । उनले एक सय ३१ मत प्राप्त गरे । प्रतिस्पर्धी पदमराज न्यौपानेले एक सय २४ मत प्राप्त गरे ।
सहसचिवमा दुर्गाकुमार श्रेष्ठ विजयी भए । उनले एक सय २७ मत प्राप्त गरे भने प्रतिस्पर्धी पदमबहादुर सुनारले एक सय २६ मत प्राप्त गरे ।
सचिव पदमा भने अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, केशबहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ को संयोजकमा शशी रुपाखेती र क्षेत्र नम्बर २ को संयोजकमा सुन्दर बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।