


काठमाडौं, २० असार । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र केप भर्डबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ।
राउन्ड अफ ३२ अन्तर्गत जारी खेलमा निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
२९ औं मिनेटमा लियोनल मेसीको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ५९ औं मिनेटमा डेराए डुआर्टेले गोल गर्दै केप भर्डलाई बराबरीमा ल्याए।
दबाबमा राखिरहे पनि अर्जेन्टिनालाई केप भर्डका गोलकिपर र डिफेन्डरले रोकिराखे।