इङ्ल्यान्ड सेमिफाइनल प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    इङ्ल्यान्ड सेमिफाइनल प्रवेश

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८३, आईतवार

    काठमाडौं, २८ असार । इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

    क्वाटरफाइनल अन्तर्गत भर्खरै सम्पन्न खेलमा नर्वेलाई २–१ गोलले हराउँदै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डको जितमा बेलिङहम नायक बने। दुवै गोल उनले नै गरे।

    अतिरिक्त समयमा धकेलिएको खेलमा ९० मिनेटसम्म १–१ को बराबरी थियो। ९३ औं मिनेटमा बेलिङहमले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे।

    खेलको ३६ औं मिनेटमा आन्द्रियास शेल्देरुपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा बेलिङहमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

    इङ्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ।