फिफा विश्वकपको पहिलो सेमिफाइनल आज : फ्रान्स र स्पेन फाइनल प्रवेशका लागि भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फिफा विश्वकपको पहिलो सेमिफाइनल आज : फ्रान्स र स्पेन फाइनल प्रवेशका लागि भिड्दै

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८३, मंगलवार

    काठमाडौं, ३० असार । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

    विश्व फुटबलका दुई दाबेदार टोलीबीचको यो प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ। दुवै टोली फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

    हालको आधिकारिक फिफा वरीयतामा स्पेन दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा छन्। पछिल्ला १० आपसी भेटमा स्पेनले ५ खेल जितेको, फ्रान्सले ४ खेल आफ्नो पक्षमा पारेको र १ खेल बराबरीमा सकिएको तथ्यांक छ। पछिल्ला दुई भेटमा भने स्पेन विजयी भएको छ।

    यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग उपाधिका लागि फाइनल खेल्नेछ। फुटबल समर्थकमाझ यस खेललाई निकै चासोका साथ हेरिएको छ।