ज्ञानेन्द्र शाही भन्छन् : हिजो सिंहदरबारभन्दा मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्दैछन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ज्ञानेन्द्र शाही भन्छन् : हिजो सिंहदरबारभन्दा मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्दैछन्

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८३, मंगलवार

    काठमाडाै ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले हिजो मान्छेको ज्यान ठूलो भन्नेहरू आज नियम ठूलो भन्न थालेको भन्दै कटाक्ष गरेका छन् ।

    प्रतिनिधिसभाको मङ्गलबारकाे बैठकमा बोल्दै शाहीले नियम कार्यान्वयनका नाममा नागरिकको जीवनको उपेक्षा गर्न नमिल्ने बताए ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले नियम कार्यान्वयनका नाममा नागरिकको जीवनको उपेक्षा गर्न नमिल्ने बताए ।

    उनले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरूले नै अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्न थालेको टिप्पणी गर्दै मानवीय संवेदनशीलता कमजोर हुँदै गएको आरोप लगाए।

    शाहीले कुनै व्यक्तिको ज्यान गोली हानेर मात्रै नजाने भन्दै बाँच्ने आधार खोस्ने, रोजीरोटी बन्द गरिदिने तथा निराशा र पीडाको अवस्थामा पुर्‍याउने कार्य पनि हत्या सरह हुने धारणा राखे ।

    उनले राप्रपाले कहिल्यै पनि जथाभावी सडकमा पार्किङ गर्न पाउनुपर्ने माग नगरेको स्पष्ट पार्दै संसद्को अभिलेख हेर्न आग्रह गरे ।