फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८३, बुधबार

    काठमाडौं, ३१ असार । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

    स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।

    २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरे ।

    त्यसपछि ५८औं मिनेटमा दानी ओल्मोको असिस्टमा पेड्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र स्पेन २–० ले विजयी भयो ।

    जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरिह बन्न पुग्यो । बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन । सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो ।

    स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो ।