


गोरखा, १ साउन । मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन् । अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उनकाे खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।