ग्यास वितरण प्रभावकारी अनुगमनका लागि तनहुँमा द्रुत प्रतिकार्य टोली गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्यास वितरण प्रभावकारी अनुगमनका लागि तनहुँमा द्रुत प्रतिकार्य टोली गठन

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८३, बिहीबार

    दमौली, २८ साउन । तनहुँमा ग्याँस वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।

    टोलीमा नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ तनहुँका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुँका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

    टोलीले ग्याँस वितरणसम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

    अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानून उल्लङ्घन भेटिएमा प्रचलित कानूनअनुसार ग्याँस भण्डारणस्थल सिल गर्ने, बढी मौज्दात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवानासमेत गर्ने उनको भनाइ छ ।