लिलिङकोट हुक्का डाँडा क्षेत्रमा सवारी प्रवेश निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लिलिङकोट हुक्का डाँडा क्षेत्रमा सवारी प्रवेश निषेध

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८३, शनिबार

    दमौली, ३० साउन । भिमाद नगरपालिका–१ स्थित पर्यटकीय क्षेत्र लिलिङकोट हुक्का डाँडा क्षेत्रमा पर्यटकको सुरक्षा तथा प्राकृतिक सौन्दर्य संरक्षणका लागि मुख्य पर्यटन क्षेत्रमा सबै प्रकारका सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

    भिमाद नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय स्थलको मुख्य क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिएको जनाएको हो। हाल उक्त क्षेत्रमा व्यवस्थित पार्किङ स्थल निर्माणको काम भइरहेको जनाउँदै नगरपालिकाले केही दिनका लागि सडकको छेउमा सुरक्षित रूपमा सवारी साधन पार्किङ गर्न पर्यटक, सवारीधनी तथा चालकलाई अनुरोध गरेको छ।