मुसीखोलामा ट्रान्सफर्मर व्यवस्थापन हुँदै, विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुसीखोलामा ट्रान्सफर्मर व्यवस्थापन हुँदै, विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८३, शनिबार

    दमौली, ३० साउन । मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नति अन्तर्गत मुसीखोलाको ट्रान्सफर्मर व्यवस्थापन कार्य गर्नुपर्ने भएकाले व्यास नगरपालिकाका विभिन्न क्षेत्रमा आइतबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार साउन ३१ गते आइतबार बिहान ९ बजेदेखि १०ः३०/११ बजेसम्म तनहुँसुर फिडरअन्तर्गत व्यास–१ मुसीखोला, व्यास–१२ कमलबारी र देउराली तथा व्यास–११ रामथुम्की, सेरा, पोल्याङ र व्यास–१२ कुर्लुङ क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

    यस्तै, व्यास–१ मुसीखोलास्थित ट्रान्सफर्मर व्यवस्थापनका लागि बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मुसीखोला, अमरेनी, बजारेडाँडा र घाँसीकुवा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।