छिर्कनेमा पहिरो खस्दा पृथ्वीराजमार्ग एक लेन अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छिर्कनेमा पहिरो खस्दा पृथ्वीराजमार्ग एक लेन अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८३, आईतवार

    दमौली, ७ भदौ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा सडकको एक लेन अवरुद्ध भएको छ । आज साँझ ७ः४५ बजे माथिबाट पहिरो खसेर सडकको एक लेन अवरुद्ध भएको हो । पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ ।

    पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

    प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।