गाइघाटबाट पोखरा जाँदै गरेको बसबाट लागुऔषध सहित एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाइघाटबाट पोखरा जाँदै गरेको बसबाट लागुऔषध सहित एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८३, मंगलवार

    तनहुँ ९ भदाै । तनहुँकाे आबुखैरेनी गा.पा.-४ बेनीटार स्थित पृथ्विराजमार्गमा गाईघाटबाट पोखरा तर्फ आउदै गरेको ग१ख ९७१६ न.को बसबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

    मुग्लिङ पुलजीप तनहुँबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त बसमा सवार सिन्धुली दुधौली न. पा. ३ वस्ने वर्ष २९ को रोशन भुजेल लागुऔषध सहित पक्राउ परेका हुन् ।

    फेन्सि रातो झोला भित्र कालो टिसर्टले वेरी लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागुऔषध ट्यापन्डाडोल २० पत्ता फेला पारी निज भुजेललाई नियन्त्रणमा लिइ इ.प्र.का.आबुखैरेनी पठाइएकाे प्रहरीले जनाएकाे छ ।