


तनहुँ, १६ कात्तिक । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा सोमबार ७२१ बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ।
चिकित्सालयका अनुसार स्वर्णविन्दु खुवाउने कार्यक्रममा ६०६ जना पुराना र ११५ जना नयाँ बालबालिका सहभागी भएका छन्।
चिकित्सालयका वैद्य निरीक्षक भोजहरि रानाभाटका अनुसार बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले स्वर्णविन्दु खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो।