प्रथम व्यास मेयर कप फुटबलको सेमिफाइनल समीकरण पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रथम व्यास मेयर कप फुटबलको सेमिफाइनल समीकरण पूरा

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८३, सोमबार

    तनहुँ, १६ कात्तिक । व्यास नगर खेलकुद समितिको आयोजनामा व्यास–३ स्थित बीपी वनवाटिका खेलमैदानमा जारी प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरण पूरा भएको छ। क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ।

    क्वाटरफाइनलमा व्यास–१ ले व्यास–३ लाई ३–१ गोलले पराजित गर्‍यो। त्यस्तै, व्यास–८ ले व्यास–२ लाई १३–० को फराकिलो अन्तरले हराउँदा व्यास–७ ले व्यास–५ लाई ४–१ गोलले पराजित गर्‍यो।

    व्यास–६ र व्यास–१० बीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि ट्राइबेकरमा व्यास–६ ले ६–५ गोलले जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो।

    प्रतियोगिताको सेमिफाइनलमा व्यास–८ र व्यास–७ तथा व्यास–१ र व्यास–६ बीच प्रतिस्पर्धा हुनेछ।