आँबुखैरेनीमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान शुभारम्भ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान शुभारम्भ

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८३, शनिबार

    तनहुँ, २१ कात्तिक । तनहुँको आँबुखैरेनीमा नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान शुभारम्भ सभा तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाली कम्युनिस्ट पार्टी आँबुखैरेनी गाउँ समितिका अध्यक्ष खगराज गौलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर गौली (पारस) प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शुक्र चुमान, गण्डकी प्रदेश सदस्य प्रेमबहादुर गुरुङ, मिना अधिकारी र दुर्गा अर्याललगायतका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि सूर्यबहादुर गौली (पारस), केन्द्रीय सदस्य शुक्र चुमानलगायत अतिथिहरूले राष्ट्रिय जागरण अभियानको उद्देश्य, पार्टीको विचार, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा मन्तव्य राखेका थिए ।