खानेपानीका कर्मचारी घुस सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    खानेपानीका कर्मचारी घुस सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    पाेखरा : पोखरामा खानेपानी संस्थानमा कार्यरत एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खानेपानी संस्थान विन्ध्यवासिनी इकाइमा कार्यरत कृष्णहरि वाग्लेलाई रु २५ हजार घुस सहित पक्राउ गरेको जनाएको छ ।

    पोखरा महानगरपालिका–१ बगर ट्याक्सीचोकस्थित एक रेष्टुरेन्टबाट विहान ११ः०० बजे पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयाे । सेवाग्राहीको घरमा पानीको मिटर विग्रिएर अस्वभाविक बिल आउन थालेपछि त्यसका बारेमा जानकारी गराउँदा र मर्मतका लागि आग्रह गर्दा वाग्लेले घुस मागेको जनाइएको छ ।