भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    काठमाण्डाै : भारतमा गएको एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    गएको २४ घण्टामा थप ९६ हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४५ ला ५९ हजार सात सय २५ पुगेको छ । 

    भारतमा कोरोनाका कारण गएको २४ घण्टामा १२ सय १३ जनासमेत गरी ७६ हजार तीन सय चार पुगेको छ ।

     विश्वमा गएको २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको छ । 

    सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३२ लाखभन्दा धेरै निको भएका छन् ।