तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोलास्थित एक घरमा वृद्धा मृत अवस्थामा फेला परेकी छन् । पृथ्वीराजमार्गको आडैमा रहेको घरभित्र अन्दाजी ६५ वर्षीया तेजकुमारी ढकाल मृत अवस्थामा फेला परेकी हुन् ।
घरमा एक्लै बस्दै आउनुभएकी उहॉको हत्या भएको आशङ्का गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिनुभयो । प्रहरीले घटनास्थल वरपर कुकुर समेत परिचालित गरेको छ ।
ढकालको श्रीमान् र बुहारी सोही वडाको स्वॉरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । बिहान ७ बजे ज्वाईले ती वृद्धाको घरको पिढीमा दूध राखेर अन्यत्र दूध पुर्याउन गएका थिए । फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि उनी घरभित्र पसेका थिए । घरको ढोका खुल्ला अवस्थामा थियो । शव पोस्टमार्टमका लागी पोखरा लगीएको छ ।