बॉके : बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार एक जनाको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो। उनीहरुलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीलगायत सबै प्रकारका उपचारका विधि अपनाएर उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।अहिलेसम्म बाँकेका ९ र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका ७ जनाको मृत्यु भएको हो।
फाइल तस्वीर