२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा कोरोनाबाट ११ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    काठमाडौ: कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि पाँचजनाको ज्यान गएको छ ।

    शुक्रबार ज्यान गुमाउनेमा ४ महिला र ७ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ । मृत्यु हुनेमा भक्तपुरकी ५१ र ६१ वर्षीया दुई महिला रहेका छन् भने काठमाडौंकी ६७ वर्षीया महिला तथा ललितपुरका ३२ र ७० वर्षीय दुई पुरुष छन् ।

    त्यसैगरी सुर्खेतकी ७५ वर्षीया महिला, मोरङका २७ वर्षीय, मकवानपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय तथा बाँकेका ५२ र ५९ वर्षीय दुई पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।