अस्पतालको प्रि आइसोलेशनबाटै बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अस्पतालको प्रि आइसोलेशनबाटै बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ दमौलीका बसिर अहमद मियाँ अस्पतालकै प्रि आइसोलेशन वार्डबाटै बेपत्ता हुनुभएको छ । ज्वरो आएर उपचारका लागि पोखरास्थित क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्नुभएका मियाँ शुक्रबार बिहान प्रि आइसोलेशनबाटै बेपत्ता हुनुभएको हो ।

    टाइफाइड भएपछि श्रीमती सहित उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका ४१ वर्षीय मियाँलाई पिसीआर परीक्षणका लागि प्रि आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । शुक्रबार बिहान पिसीआर परीक्षण गर्ने बेलामा मियाँ बेपत्ता भएको उहाँका भाई अजिज मियाँले जानकारी दिनुभयो ।

    “टाइफाइड भएपछि उपचारका लागि पोखरा लगेका थियौ, पिसीआर गरेपछि मात्रै भर्ना गर्ने भनेकाले प्रि आइसोलेशन वार्डमा राखेर पिसीआर गर्ने तयारी भएको थियो, बिहान त एक्कासी दाई बेपत्ता हुनुभएछ,” मियाँले भन्नुभयो । बिरामी भएका कारण दाईले मोवाइल नबोकेको र उहाँको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दर्ता गरिएको मियाँले बताउनुभयो ।

    कसैले देखे वा फेला पारेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।