तनहुँ : तनहुँको व्यास नगरपालिकामा बुधबार दुई जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिका-१२ का ५० र वडा नखुलेका ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये व्यास नगरपालिका-१२ का पुरुष कृषि सामग्री कम्पनीका कर्मचार हुनुहुन्छ भने अर्का पुरुष शिक्षक रहेको खुलेको छ ।