मन्त्री गुरुङद्वारा बडिगाड गाउँपालिकाको भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मन्त्री गुरुङद्वारा बडिगाड गाउँपालिकाको भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    बागलुङ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बागलुङको बडिगाड गाउँपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गर्नुभएको छ ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले आर्थिक चलायमान भएमात्रै समृद्धि सम्भव रहेको बताउनुभयो । मन्त्री गुरुङले सरकारको नागरिकहरुले तिरेको कर नै सरकारको ढुकुटी रहेको बताउँदै बजेटको आकार नागरिकहरुले तिर्ने करबाट निर्धारण हुने बताउनुभयो ।

    नागरिकहरुले कर धेरै तिरे सरकारको बजेट ठूलो र थोरै तिरे सरकारको बजेट कम हुने मन्त्री गुरुङले उल्लेख गर्नुभयो । देशको ढुकुटी बलियो नहुँदासम्म विकासको काम तीव्र हुन नसक्ने बताउँदै मन्त्री गुरुङले कर प्रगतिशिल हुनुपर्ने बताउनुभयो । मन्त्री गुरुङले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

    गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा समपुरक अन्तर्गत १ करोड विनियोजन गरेको थियो । गाउँपालिकाका अध्यक्ष मेयरसिह पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्र बुढा लगायतले मन्तव्य राख्नुभएको थियो ।