सामाजिक क्षेत्रमा रोटरीको सहयोग सराहनीय : प्रदेश प्रमुख शेरचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सामाजिक क्षेत्रमा रोटरीको सहयोग सराहनीय : प्रदेश प्रमुख शेरचन

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७७, आईतवार

    तनहुँ : गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक क्षेत्रमा रोटरी क्लवले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभएको छ । रोटरी क्लवले शनिबार पोखरामा आयोजना गरेको पिसीआर मेसिन र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।

    सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्ने उद्देश्य सहित क्लवले सञ्चालन गरेको अभियानले राम्रो प्रभाव पारेको प्रदेश प्रमुख शेरचनको भनाई थियो । “रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्य सहित सञ्चालन गरेको कार्यक्रम सकरात्मक छ, शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ,” उहाँले भन्नुभयो ।

    फरक प्रसङ्गमा प्रदेश प्रमुख शेरचनले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको चर्चा गर्नुभयो । “डिग्री हासिल गरेर व्यावहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।”

    सोही अवसरमा क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी नेपाल शिक्षा अभियानका गण्डकी प्रदेश सचिव बाबुराम बरालले तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्री सहित टिभी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

    व्यास नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण

    सोही कार्यक्रममा क्लवले तनहुँको व्यास नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गरेको छ । उक्त मेसिनको मूल्य करिब १२ लाख रहेको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले संयुक्त रुपमा उक्त मेसिन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

    रोटरीले हस्तान्तरण गरेको मेसिनले अब दमौलीमै कोरोना परीक्षण गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताउनुभयो । दमौली अस्पताललाई मेसिन सञ्चालन गर्न अनुरोध गरिने र अस्पतालले चलाउन नमाने नगरपालिका आफैले ल्याब बनाएर मेसिन सञ्चालन गर्ने न्यौपानेले बताउनुभयो । “दमौली अस्पतालले मानेन भने छुट्टै ल्याब बनाएर व्यास नगरपालिकाले नै सञ्चालन गर्छ,” न्यौपानेले भन्नुभयो ।

    नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त मेसिनबाट तीन घण्टामा आठ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उक्त मेसिनको प्रयोग कोभिड–१९ पछि पनि गर्न सकिन्छ । “आधुनिक प्रविधको मेसिन भएकाले यसले अन्य रोगहरुको पनि परीक्षण गर्न सकिन्छ,” उहाँले भन्नुभयो । नगरप्रमुख न्यौपाने रोटरी क्लव अफ दमौलीको पूर्व अध्यक्ष रहनुभएको र उहाँको सामाजिक सम्बन्धका कारण क्लवले व्यास नगरपालिकालाई उक्त मेसिन हस्तान्तरण गरेको हो ।