तनहुँ : तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा चितवन र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा दुई पुरुषलाई सङ्क्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आँबुखैरेनी गाउँपालिका–६ का ४० र देवघाट गाउँपालिका–५ का २७ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ ।