तनहुँ : व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जन्मदिनको अवसरमा चापाघाटस्थित आश्रमलाई आर्थिक सहयोग गर्नुभएको छ । नगरप्रमुख न्यौपानेले बुधबार व्यास नगरपालिका-५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई रु १० हजार ५५ सहयोग गर्नुभएको हो ।
उक्त रकम नगरप्रमुख न्यौपानेका धर्मपत्नी जया न्यौपानेले आश्रमकी सचिव निर्मला मल्ललाई हस्तान्तरण गर्नुभयो । आश्रम स्थापनाकालदेखि नै अभिभावकत्व ग्रहण गर्नुभएका न्यौपानेको सहयोगप्रति मल्लले आभार व्यक्त गर्नुभयो ।
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको छ ।