तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा दुई कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्देमा दुई सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे-३ की २६ वर्षीया महिला र म्याग्दे-६ का ४३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।