तनहुँ : तनहुँको भानु नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भानुका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार भानु-३ का ४९ र भानु-११ का २६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।