तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकामा ६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार ऋषिङका दुई वडामा ६ सङ्क्रमित थपिएका हुन् ।
ऋषिङ-१ का २५, ३२, २७, २३ वर्षीय पुरुष र २३ वर्षीया महिला र ऋषिङ-८ का २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।